
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो ।
उपाधिसँगै शुसितमले ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले ३३ हजार ३३३ रुपैयाँ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिएपनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिए । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिए । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भए ।
त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिए ।
यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज भए । उनले पाँच हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरे । शुसितमका लागि १३४ रन बनाएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए । शुसितमका लागि १६ विकेट लिएका किरन कार्की उत्कृष्ट बलर भए । दुवैले समान तीन हजार ३३३ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता र उपविजेता टोली तथा खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शुसितम क्रिकेट क्लबका अध्यक्ष वीरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा बैतडी र दार्चुलाका १२ टोली सहभागी थिए । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार