
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न माग गरेको छ ।
पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएकामा पार्टीको ध्यानाकर्षण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । “धानबालीसहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्याङ्कन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति हाम्रो पार्टी वर्तमान सरकारसमक्ष जोड्दार माग गर्दछ,” प्रेस विज्ञप्तिमा भनिएको छ, “कृषक र जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।”
वर्षाकै कारण नेपालीको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धानमा क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेका उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसङ्गठनलाई सम्पूर्ण रुपमा परिचालित हुन निर्देशन दिइसकेका छन् । सरकारका विभिन्न तह, निकाय एवं विभिन्न सामाजिक, गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी सिङ्गो पार्टी पङ्क्ति त्यसअनुसार क्रियाशील रहेको जनाइएको छ । देशका विभिन्न भागमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउनेप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
– रासस











समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार