
वाग्मती । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ ।
ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै सङ्घीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र गरेको छ।
त्यस्तै १९.१० किमी सडक ग्राभेलसमेत गरेकोे छ । साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए।
कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए।
यसैबीच हेटाँैडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रु १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रु सात लाख र विभिन्न सङ्घसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए। भवनमा चार कोठा छ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार