
बागलुङ नगरपालिकाले प्राविधि शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मासिकरूपमा छात्रवृत्ति उपलबध गराउन थालेको छ ।नगरपालिकाले ‘गोविन्द अधिकारी व्यावसायिक छात्रवृत्ति’ कार्यक्रम मार्फत रकम उपलब्ध गराउन सुरुआत गरेको हो । तीन वर्षअघिदेखि नै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाइएको थियो । गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रवृत्ति वितरण गर्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
कक्षा ९ र १० मा अध्ययन गर्नेलाई मासिक रु एक हजार र कक्षा ११, १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु दुई हजारका दरले रकम उपलब्ध गराइने छ ।आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिकरूपमा छात्रवृत्ति भुक्तानी गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘ पूर्व सांसद स्व गोविन्द अधिकारीको सम्मानमा’ नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्षअघिदेखि कार्यक्रम ल्याएको हो ।
“यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधि बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रवृत्ति वितरण गर्न थालेका छौँ”, उनले भने “ प्लस टु पास गर्ने विद्यार्थी छात्रवृत्तिको सूचीबाट घट्ने र कक्षा ८ पास गरेका विद्यार्थी कार्यविधि अनुसार छनोटमा पर्नेछन्, सङ्ख्यात्मक रूपमा आगामी वर्ष विद्यार्थीको सङ्ख्या बढ्दै जाने छ ।”
छात्रवृत्ति कार्यक्रमबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । छात्रवृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धवलागिरि प्राविधक प्रतिष्ठानमा अध्ययनरत संरचना विकले जानकारी दिए।
मङ्गलबार सङ्घीय सांसद मनकुमारी केसी, नगर प्रमुख पौडेल तथा स्व अधिकारीकी श्रीमती भीमा अधिकारी लगायतले २७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर.रेको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार