
जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताए ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ भने ।
उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिए कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी छ भने।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार