
काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ बालाजु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी काठमाडौंका विभिन्न वडामा अनाधिकृत घर टहरा डोजर प्रयोग गरी भत्काउन भनेको थियो ।
सरकारले वैशाख १२ गतेदेखि काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाएको र बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको छ।
१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । कतिपयले आफ्नो घर आफैं भत्काएका छन् । उनीहरुले घरका सामान अन्येत्र सारिरहेका छन् ।
सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रुपले बनाइएका घर टहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । सो सूचना अनुसार काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै ठाउँ खाली गर्न भनेको थियो ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार