पुस २५, २०७९
काठमाडौं । शेयर बजारमा आज ४६.७६ उछाल आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से का अनुसार आज बजार ४६.७६ अंकले बजार बढेको हो । २.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२११.३८ अंकमा पुगेको छ ।
आज २५७ कम्पनीका एक करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३.४३ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उच्च अंकले बढेको दिन आज विभिन्न १६ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । आज बरुण हाइड्रो, खानीखोला हाइड्रो, छ्याङ्दी हाइड्रो, जोशी हाइड्रो, हिमालय उर्जा, यूनियन हाइड्रो, सिंगटी हाइड्रो र खप्तड लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यसैगरी राधी विद्युत कम्पनी ९.९९, बाराही हाइड्रो ९.९८, पिपुल्स पावर ९.९७, हिमालयन पावर ९.९४, पञ्चकन्या माई हाइड्रो ९.६२, अरुण खोला जलविद्युत कम्पनी ९.५७, कुमारी धनबृद्धि योजना ९.४१ र घलेम्दी हाइड्रोको शेयर मूल्य ९.३४ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले ३.५७ प्रतिशतले घाटा व्यहोरेका छन् । विभिन्न ३५ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य आज बढेको नेप्सेले जनाएको छ ।
आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ६८ लाख १७ हजार ४ सय ५८.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार हिजो २०.५५ अंकले बजार बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ सय १९ रुपियाँ बराबरको कारोबार भएको थियो ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार