२५ पुष २०७९
काठमाडौं। सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमबार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुन एक हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार कारोबार मूल्य तोलाको १३ सय ९० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो।
१५ रुपैयाँ बढ्दा आइतबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ। आइतबार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार