कुलेखानी एडेभेन्चर प्रा.लि।ले अंग्रेजी नयाँ वर्ष 2023को अवसरमा जीपलाइनको परीक्षण गरिसकेको छ । एक पटकमा दुईजना यात्रा गर्न सकिने गरि निर्माण गर्न लागिएको उक्त जीपलाईनको नियमित संचालन एकमहिना भित्रै हुने सञ्चालक योन्जनले बताए । ‘इन्द्रसरोवर तालमा बोटिङको मज्जासंगै अर्को साहसिक पयर्टन जीपलाइन शुरु गर्दैछौं, हामी आम पर्यटकहरुलाई घुम्न आउन अनुरोध गर्छौ’– संचालक योन्जनले भने । उनका अनुसार–काठमाण्डौबाट नजिक यि दुवै ‘बोटिङ र जीपलाइन’को मज्जा संगै लिन पाउने ठाउँ कुलेखानी हो । संचालक योन्जन थप्छन–‘यसरी तालमाथि नै जीपलाइन गर्न पाइने नेपालकै संभवतः पहिलो हो ।’
मकवानपुरको इन्द्रसरोवर पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक मनोरमताको साथै साहसिक पर्यटनका लागि समेत इन्द्रसरोवर प्रसिद्ध छ । इन्द्रसरोवर क्षेत्रमा साना तथा ठूला ठूला होटल समेत संचालनमा रहेका छन् । होटल तथा रिसोर्टले पर्यटकलाई गर्ने व्यवहार र कम खर्चिलो यहाँको सकारात्मक पक्ष रहेको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार