
काठमाडौं। चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’ उनले भने ।
१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन् । थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ । गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो । काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ ।
मन्दिरको अलावा तीन तले भ्यू टावर समेत बनाइएको छ । चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि रु ७०० लिइँदै आएको छ । चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार