बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
शपथका लागि प्रदेशका १२ वटै जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूमध्ये कतिपय शनिबार नै दाङ पुगिसकेका छन् । पहिलो ५ वर्षे कार्यकालका सबै बैठकहरू प्रदेश मुकाम बुटवलबाट भए पनि दोस्रो कार्यकालका सबैकामहरू स्थायी राजधानीबाट हुन लागेको हो ।
लुम्बिनी प्रदेश सभाको प्रथम बैठक सोमबार दिउँसो १ बजे राखिएको छ । नव निर्मित भवनमै प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक बस्ने जनाईएको छ ।
पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य छन । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रणालीबाट निर्वार्चित सांसदहरू छन् ।
यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ। नेपाली कांग्रेसका २७ र नेपका माओवादी केन्द्रका ९ सांसद छन । राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३र३ सांसद रहेका छन् ।
प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले समानुपातिकबाट एकरएक सांसद जितेका छन् । त्यस्तै स्वतन्त्रबाट तीन सिट जितेका छन् । उनीहरू सबै माओवादीबाट बिद्रोह गरी निर्वाचनमा उठेका थिए ।
२०७४ सालमा लुम्बिनीमा पाँच दलको मात्रै प्रतिनिधित्व थियो । यो पटक दश दलको प्रतिनिधित्व रहेको छ ।
लुम्बिनी प्रदेशमा एमाले वा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने सम्भावना देखिएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार