नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । थापा पार्टीका प्रदेश–१ सभापति समेत हुन् ।
शुक्रबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा थापाले १८ मत ल्याई विजयी भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जनाएका छन ।
उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याएका छन । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।
संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र अब आफू सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने जानकारी दिए ।
थापाले कृष्णप्रसाद सिटौला समूह, कार्कीले संस्थापनइतर शेखर कोइराला समूह र अर्यालले संस्थापन सभापति शेरबहादुर देउवा समूहबाट उमेदवारी दिएका थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार