मङ्गलबारे । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ ।
फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।
गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, व्याकहँु र लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उनले बताए ।
विसं २०७१ मङ्सिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् ।
यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार