
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताइन् ।
ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै छन् । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उनी महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिए ।
दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् । यहाँको बसाईका क्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन् । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार