
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छिन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताइन् ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको जनाउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढङ्गबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिइन् । खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालयमातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरिन् ।
प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । केन्द्रले विद्युतीय सवारीको प्रयोगमा प्रोत्साहित गर्न शनिबार बिहान विद्युतीय सवारीसाधनको र्यालीको आयोजना गरेको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार