
बैतडी। पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो। बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
बेपत्ता ओडको खोजी कार्य जारी रहेको भए पनि अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । यही कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी हुन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार