
गण्डकी । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवका दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका हुन्। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरेका छन्।
मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख छ ।
रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार