
काठमाडौं। जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आइतबार नेपाल आउँदै छन् । भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेका हुन् ।भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको पत्रकार सम्मेलनमा धर्मसभा मूल आयोजक समितीका संदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताए।
ब्यासमुनि आचार्यले वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गरिएको बताए ।
गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो ।
ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार