
काठमाडौं । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त गाउँमा बुधबार राति सो हत्या भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन् ।
उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल पु-याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार