
भोजपुर । बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो ।सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ ।
यतिबेला बारीमा मकैको याम छ, १०० देखि १५० सम्मको हुलमा आउने बाँदरको समूहले हामीलाई बाली जोगाउन मुस्किल परेको छ। स्थानीय कृषक दिनेश विकले भने, “बालीनाली त लगाइन्छ, हुलमा १०० देखि १५० आउने बाँदरले बाली जोगाउन नै मुुस्किल हुन्छ, ठूलोलाई त लखेटनसमेत समस्या हुन्छ। अब चाहिँ यो यन्त्रले केही सहज होला भन्ने आशा छ ।”
प्लाष्टिकको पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्यास उत्पादन गरेपछि ठूलो आवाजमा पड्कने गर्छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भने, “उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ । कृषकलाई बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण वितरण गरेका छौँ ।”
बर्षेनी जिल्लामा बाँदर आतङ्कबढ्दै जान थालेकाले खेतीयोग्य जमिनमा समेत बाली लगाउन छाडिएको र जिल्लाका तल्लो भेगका अघिकांशले यसै कारण बसाइँसराइ गरेका छन् । पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दै आएको कृषकको गुनासो छ ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार