
काठमाडौं । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । उनले भने, ‘सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग अहिले पनि आइरहन्छ, त्यसैले मैले सरकारी गाडीको लिस्ट मागेको छु ।’
नेपाल सरकारलाई कति गाडी चाहिने र त्यस अनुसार उपलब्ध भए–नभएको निश्चित भएपछि मात्र आवश्यकता देखिएमा नयाँ गाडी किन्ने उनको भनाइ छ । ‘गाडी चाहियो भन्छन्, ‘उनले भने कति चाहिने हो, त्यो रेकर्ड चाहियो, रेकर्ड कतै भेटिँदैन, किन्दै जाने, कहाँ चलाइरहेको छ, थाहा नहुने ?’ सरकारी निकायले भएका गाडी सिंहदरवारमा थन्काएर नयाँ माग गर्ने प्रवृत्ति भने पुरानै हो । यसअघि अघिल्लो सरकारले नै सरकारी सवारी साधनको विवरण संकलन गर्ने बताए पनि काम भन गरेको थिएन ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार