
काठमाडौँ । आज अपरान्ह ४ः१५ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने भएका छन्। राष्ट्र ब्यांक सञ्चालक समितिको आजबार बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो।
यो वर्षको मौद्रिक नीतिमा ब्यांक तथा वित्तीय संस्थालाई एकआपसमा गाभिन (मर्जर) प्रोत्साहनको व्यवस्था गरिने अनुमान गरिएको छ। त्यस्तै, कोभिड–१९ प्रभावित व्यवसायलाई गत वर्षजस्तै सहुलियतको नीति पनि अघि सारिने अनुमान छ।
साउनको पहिलो साता नै जारी हुनुपर्ने मौद्रिक नीति सरकार परिवर्तनसँगै तीन साता ढिलो भएको हो। सरकारले यसअघिको सरकारले ल्याएको बजेटलाई संसोधन गर्ने तयारी गरेपछि राष्ट्र ब्यांकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई गरेको थियो। सरकारले संसद्मा बजेटको प्रतिस्थापन विधेयक पेश गरिसकेको छ।
मौद्रिक नीतिले देशको आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलापको विस्तारमा सहयोग गर्छ। मुद्रा आपूर्ति, कर्जा र ब्याजदरको व्यवस्थापनमा यो नीतिको प्रमुख भूमिका हुन्छ। खासगरी, ब्यांक तथा वित्तीय संस्था, पुँजी बजारलाई नीतिले प्रभावित पार्छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार