
काठमाडौँ । ७६ यात्रु बोकेर नेपालगञ्जका लागि उड्ने तरखरमा रहेको श्री एयरलायन्सको विमान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको घाँसे मैदानमा फसेको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यात्रु राखेर पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जानेक्रममा श्री एयरलायन्सको ड्यास– एट विमान पार्किङ क्षेत्रभन्दा बाहिर घाँसे मैदानमा पुगेको हो ।
‘जहाजको बायाँ पांग्रा (ल्याण्डिङ गियर) डोमेस्टिक पार्किङको पिचभन्दा तीन फिट बाहिर गएको छ,’ प्रवक्ता शेर्पाले भने, ‘जहाजको पांग्रा कसरी बाहिर गयो अहिले जानकारी आइसकेको छैन । जहाज निकाल्ने काम भइरहेको छ ।’ शेर्पाले उक्त विमान घाँसे मैदानकै पार्किङमा फसेकाले विमानस्थलको उडान र अवतरणमा भने कुनै बाधा आइनपरेको बताए ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार नेपालगञ्जकालागि जहाजमा चढेका यात्रुलाई श्रीको अर्को विमानमा पठाउने तयारी भइरहेको छ । अल्फा नोभेम्बर फक्सट्रट कलसाइन भएको यो ड्यास– एट विमानको नेपालगञ्ज उडान समय बिहान साढे नौ बजे थियो ।
उक्त जहाजलाई निकाल्न नेपाल वायु सेवा निगमको इन्जिनियरिङ विभाग, नेपाली सेना र श्री एयरका प्राविधिकहरु खटिएका छन् । नेपाल एयरलाइन्सको पुसब्याक उपकरणबाट तान्ने काम भइरहेको छ । श्रीले आन्तरिक उडानमा दुईटा ड्यास – एट र चारवटा सीआरजे विमान सञ्चालन गर्दै आइरहेको छ ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार