
विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको हो ।
हिंस्रक भएका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले एक वर्षअघि मार्ने योजना बनाएको थियो । तर चौतर्फी विरोध भएपछि प्रशासन पछि हटेको थियो । गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।
आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्युको करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।
उनका अनुसार शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेका थिए । पानी परेका कारण हात्ती त्यसपछि हराएको थियो । ‘राति करिब १ बजेसम्म हात्ती निगरानीमा थियो,’ उनले भने, ‘आरक्ष बाहिर सुतेको जानकारी आएपछि बिहान ५ बजे जंगलतर्फ धपाउन जाँदा मृत भेटियो ।’
स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो । धानखेतमा करेन्ट बिच्छयाइएको छ । करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीयको भनाइ छ ।
‘हात्ती मृत भेटिएको स्थानमा करेन्ट बिच्छयाएको जानकारी पहिले थिएन,’ प्रमुख रामले भने, ‘पाक्नेबेलाको धानबाली सुरक्षाका करेन्ट लगाइएको रहेछ ।’ हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार