
सप्तरी ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ३७ प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार