काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौं आइपुगेका थिए । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आइपुगेका हुन्।
अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गरे ।
आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार