
रुकुम पश्चिम । जिल्ला यातायात व्यवस्थापन समितिले सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । पुरानो भाडादर कार्यान्वयन नहुँदै समितिले नयाँ भाडादर कायम गरेको हो ।२०७७ माघ ११ गते समितिले जिल्लाभित्र र बाहिर सञ्चालन हुने भाडादर कायम गरेको थियो । यातायात व्यवसायी त्यसको विरुद्धमा उत्रिएपछि स्थानीय प्रशासनले उक्त निर्णय कार्यान्वयन गर्न सकेको थिएन । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाका आन्तरिक रुटको समेत भाडा समायोजन गरिएको छ । इन्धनमा भएको मूल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
जिल्लामा रहेका सडकलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको छ । ‘क’ वर्गको सडकमा सञ्चालन हुने बसको लागि प्रतिकिलोमिटर ४ रुपैयाँ ५० पैसा र जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको गैह्रेले जानकारी दिए ।
उनका अनुसार ‘ख’ वर्गका सडकमा चल्ने बसका लागि प्रतिकिमि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । उनले ‘ग’ वर्गका सडकमा जिपको लागि प्रतिकिमि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको समितिले जनाएको छ । ‘ग’ वर्गका सडकमा बसको लागि रुटपरमिट दिइएको छैन ।
माघ ११ गतेकै भाडादर कार्यान्वयन नभइरहेको अवस्थामा नयाँ भाडा कायम नहुने भन्दै यात्रुले बिरोध जनाएका छन् । भाडा समायोजन तत्काल कार्यान्वयन हुनुपर्ने स्थानीय युवा अनिल विसीले बताए । ‘हरेक पटक भाडा समायोजनको निर्णय आउँछ, तर कार्यान्वयनमा हुदैन,’ उनले भने, ‘जसका कारण यात्रुहरू लामो समयदेखि ठगिएका छन् ।’
समितिले समायोजन गरेको नयाँ भाडादर देखिने गरी गाडीमा राख्न र सबै यात्रुलाई टिकट दिन निर्देशन दिएको प्रजिअ गैह्रेले बताए । ‘बिना टिकट यात्रा गराइएको र बढी भाडा लिएको पाइए कारवाही गरिनेछ,’ उनले भने, ‘चाडपर्वमा यात्रुको सहयोगका लागि झुल्नेटा र मुसीकोटमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।’













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार