
काठमाण्डाै । पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको बीबीसीले जनाएको छ । पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ ।
प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनुभएको छ । एक्यू खानका नामले चिनिने उहाँले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेल्नुभएको थियो । सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो ।
सन् २००४ मा उहाँलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा पक्राउ समेत गरिएको थियो ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार