
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीररमा देखिएको जन्डिसको समस्या नियन्त्रणमा आइरहेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा बिलिरुबिन नामक रसायनको मात्रा १.२ देखि ८ मिलिग्राम प्रति डेसिलिटरसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलिरुबिनको मात्रा अन्यिन्त्रित भएर ३४ एमजी/डीएल पुगेपछि चिकित्सकले बैंकक रिफर गरेका थिए ।
‘अहिले उनको बिलिरुबिनको मात्रा घटेर २७ एमजी/डीएलमा आएको छ,’ उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।
‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ,’ घर्तीले भनिन्, ‘नेपालबाट आउँदाभन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता नरोकिएको उनले जानकारी दिइन् । खानामा अरुचि हुने समस्याका कारण पुनलाई सलाइन दिइएको छ ।
जन्डिसको मात्रा अत्यधिक बढेको र उच्च ज्वरोसँगै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएका थिए । पुन जन्मजात रूपमा जन्डिससम्बन्धी समस्याबाट पीडित छन् ।चार वर्षअघि पनि उनलाई नेपालका विभिन्न अस्पताल तथा भारतको मेदान्त अस्पतालमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार