
भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन सफल बनाउन आह्वान गरेको छ । नेपालीकांग्रेस सूर्यविनायक नगरपालिका वडा नं। ५ को वडा अधिवेशन शुक्रवार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्ने बताएएको हो ।
उनले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुपर्ने बताए । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाले भन्नुभयो, ‘महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो ।’
उनले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नुपरेको बताए। ‘कांग्रेसको वैधानिकता जोगाउन पनि कोरोनाको जोखिमका बीचमहाधिवेशन गर्नु परेको हो । महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सहभागी हुन आह्वान गर्दछु,’ उनले भने।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार