
गण्डकी । बाल्यकालमा बिरामी परेर हातखुट्टा कुँजिए पनि जोश र जाँगर भने कोहीभन्दा कम छैन पोखरा महानगरपालिका– ३३ भरतपोखरी बरमाझथर निवासी मधुमाया पौडेलको । विसं २०३६ साउनमा जन्मनु भएकी उनको १२ वर्षको हुँदा टाइफाइड बिग्रनुका साथै नसामा पनि समस्या भएर हातखुट्टा कुँजिएका थिए । त्यसयता पोखराको गण्डकी अस्पतालगायत स्थानमा उपचारका लागि लगिएकामा स्वास्थ्यमा सुधार आउन नसकेको उनकी आमा मायादेवीले बताए ।
मध्यमवर्गीय परिवारमा थप उपचारका लागि ठूलो रकम खर्चनुपर्ने बाध्यताले पोखरा बाहिर जान सम्भव नहुँदा वर्षौंसम्म कुँजिएर बस्न बाध्य हुनुपरेको मधुमायाको दुःखेसो छ । कक्षा २ मा पढ्दै गर्दादेखि नै बिरामी भएर विद्यालय जान नसके पनि मधुमायाले स्थानीय चण्डी माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पूरा गरेको छ । स्मरण शक्ति तेजिलो भएकी उनले विसं २०५७ मा एक संस्थाको सहयोगमा ललितपुरको लगनखेल पुगी छ महिनाको सिलाइकटाइ तालिम लिएपछि त्यसयता स्वरोजगार जस्तै भएछ ।
बालबालिकाका कपडाका साथै महिलाका चोलो, ब्लाउजलगायत सिलाउनका लागि स्थानीयवासी मधुमायाकोमा पुग्ने गर्छन् । सिलाइबाट आएको पैसाले जेनतेन घरखर्चमा सहयोग भएको छ नै, गाउँ समाजका विभिन्न सामाजिक काममासमेत सघाउँदै आउनुभएकी उनले धेरथोर रकम सहयोग गरेर अरुका लागि पनि अनुकरणीय भएछ ।
दाइने हात खासै नचल्ने र देब्रे हातका भरमा कपडा सिलाउने गरेको बताउँदै उनले उपचार भएमा अझै पनि धेरै गर्न सक्ने आँट देखाए । हातखुट्टा कुँजिएर बस्नु मधुमायाका बाध्यता भए पनि सामाजिक सञ्जालका माध्यमबाट उनले समाजका हरेक गतिविधिलाई अभिरुचिपूर्वक नियाल्दै आएको छ ।
टोल छिमेकका गतिविधिको जानकारी लिन र गाउँमा कसैको जानकारी एवं मोबाइल नम्बर आवश्यक भए पनि बालकदेखि वृद्धसम्म मधुमायाकोमा पुग्ने गर्दछन् । उपचार गर्न सके आफ्ना लागि मात्रै नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको र आफू यतिखेर उपचार गरिदिने व्यक्ति एवं संस्थाको खोजीमा रहेको उनले बताए । “नयाँ नयाँ प्रविधिका विकासले अहिले धेरै जटिल किसिमका रोगको उपचार हुँदै आएको छ”, मधुमायाले भने खर्चिलो उपचारका लागि पैसा नभएकै कारण कुजिएर बस्नुपर्दा दुःख लाग्दो रहेछ।”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार