
नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ।
वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधि सभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। साथै महाधिवेशन प्रतिनिधिका लागि पनि आज चुनाव हुँदैछ।
प्रतिनिधि सभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुन्।
एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गर्ने तयारी कांग्रेसको छ।
एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका ठाउँमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् तर एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा भने महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँछन्।
कांग्रेसले यही असोज १८ मा २१ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्दैछ। त्यसका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन भइसकेका छन् भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन आजदेखि छ।
कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा र पालिका अधिवेशन गरेको छ। अरू जिल्लामा पनि तल्ला तहका अधिवेशन सकेर दसैं-तिहार तथा छठलगत्तै पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन गर्ने तयारीमा कांग्रेस छ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार