
काठमाडौं । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ । सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिए ।
सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो । यसमा मुख्य २४ अभियान्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिए । अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रुपान्तरण गरिएको थियो ।
अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट प्राप्त रकम महासङ्घको खातामा आए-नआएको प्रमाणीकरण गर्न समय लागेकाले ढिलाइ भएको महासङ्घले जनाएको छ । साथै अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा टाँस गर्ने पनि निर्णय गरिएको महासङ्घका जिल्ला अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।
सिलिन्डर मौज्दाद राखिएको जनाइएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड विनियोजन गरेको छ । निर्माणाधीन प्लान्ट दसैँ अगाडि सञ्चालनको तयारी गरिएको छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार