
काठमाडौँ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो ।
एसोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग सेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था छ ।
सोही ऐनलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं बुँदामा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था जनाइएको छ ।
विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिई बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
राष्ट्रियस्तरका विकास बैंकहरुको औसत चुक्ता पूँजी रु तीन अर्ब ४० करोड नाघिसकेको छ भने एक हजारभन्दा बढी शाखाबाट करिब ४१ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै तीन लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह भइरहेको छ। यसैगरी २०७८ साल असार मसान्तसम्ममा रु चार खर्ब ४५ अर्ब निक्षेप परिचालन गरी रु तीन खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका छन्।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार