
लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्।
प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यता तथा समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएकाले यसको सबैले आत्मसात गर्नुपर्ने बताएका छन् ।
उनले शुभकामना सन्देशमा आजको ऐतिहासिक दिनले प्रदेशवासी सम्पूर्ण नागरिकलगायत नेपालीबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्ने अपेक्षा व्यक्त गरे ।
यस्तै संविधान दिवस २०७८ कै अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज जारी गरेको शुभकामना सन्देशमा हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताए ।
उनले यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्नुपर्ने बताए । मुख्यमन्त्री केसीले संविधानमार्फत हामीले सङ्कल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्णपालन, संरक्षण र संबर्द्धन अनिवार्य शर्त रहेको उल्लेख गरे ।
-रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार