
तनहुँ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।
भौतिक रूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । “साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ”, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ
विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।
तनहुँको दमौलीमा रु ४५ करोडको लगानीमा सुविधासम्पन्न मल निर्माण गरिएको छ । ‘एपेक्स मल्टिमिडिया प्रालि’ले व्यास नगरपालिका–२ मा उक्त मल निर्माण गरेको हो । विभिन्न सेवा सुविधासहित एउटै छाना मुनि किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त चलचित्र घर सञ्चालनका लागि मल निर्माण गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।कोरोना सङ्क्रमणका कारण मल निर्माणमा ढिलाइ भएको हो । “विजयादशमी अघि नै मल सञ्चालनमा आउँछ”, श्रेष्ठले भने । मलमा २३८ र १२० जना अटाउने छुट्टाछुट्टै चलचित्र घर निर्माण गरिएको छ ।
“साताभरि नै मल सञ्चालन गरिने छ”, प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले भने । कूल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै मल निर्माण गरिएको न्यौपानेले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार