
काठमाडौं। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमित उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।
नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो । सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए । त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पु¥याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो । गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार