
गजलकार निशा निराकार
१.
मेरो अरू केही चाहना छैन जिन्दगीसँग
बस सामना गर्न सिकोस् हर चुनौतीसँग
तिमी दिलमा बस्यौ गयौ केही भन्नु छैन
चौतारो कहिल्यै गुनासो गर्दैन यात्रीसँग
यहाँ धनी हुन आमा बेच्नेहरूको कमी छैन
नरिसाऊ बाँच्नकै लागि माग्ने भिखारीसँग
राति रूने आँखा खुसी देखिन्छन् अरू बेला
आशुँ सोस्ने कला हुँदोरहेछ सिरानीसँग
आफ्नो मुटु नै सुम्पिएका हुन् पुगेन उसलाई
अझै दाइजोको माग गर्दैछ ससुरालीसँग ।
२.
भगवान छैन भन्छन् अरू नमज्जा लाग्छ
मलाई त भगवान हुन् आमा बुबा लाग्छ
तिमी अर्कैको हौ बुझेर पनि मन पराउँछन्
मनभन्दा नबुझ्ने हुँदा रहेछन् आँखा लाग्छ
भोगाइ अनुसारको हुँदो रहेछ बुझाइ पनि
अरू कफन ठान्छन् बिधुवालाई लुगा लाग्छ
कहिले खुसीको संसार अनुभव गर्न पाइन्न
म एक भ्यागुतो हुँ जिन्दगी कुवा लाग्छ
मैले धन होइन तिम्रो मनसँग प्यार गरेकी हुँ
तिमीले काँचको दिएनि सुनको बाला लाग्छ ।
३.
माया गर्नेहरू अझै जन्जीरमा छन्
मनमा नराखिएकाहरू शीरमा छन्
भगवान दुःखी मन पराउँदा हुन्
नत्र किन माग्नेहरू मन्दिरमा छन्
बा भन्यो बोलेनन् ढोगिदियो बच्चाले
सोच्यो नबोल्ने देवता तस्बिरमा छन्
सबै सुन्दर वस्तु एकसाथ पाइन्न
कमल हिलोमा, गुराँस भीरमा छन्
मेरा सफलताले खुसी हुन सकेनन्
बा आमा म छोरी हुनाले पीरमा छन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार