
दीपा सापकोटा
तातो गोलीले
देब्रे छातीमै छेडेपछि
एक्कासि उम्लेर आयो घरको सम्झना
युद्ध मैदानमा रक्ताम्मे भएर ढलेकी
एउटी बहादुर छोरीमा
सुनसान वस्तीमा अनायासै तारा खसेजस्तै
समुद्रको रङ्हीन पानीमा
घामका किरणहरुले रङ्गीचङ्गी लाली पोतेजस्तै
फुल्थ्यो एउटा निश्छल रातो गुराँस
बाबुआमाको मुहारमा
जब गर्थी छोरी देशको कुरा
भेषको कुरा
विकासको कुरा
अनि शान्तिको कुरा
ऊ छाती ठोकेरै बोल्थी
‘बा, म ढल्नै आँटेको देशलाई उठाउनेछु
चर्किएको देशको छातीलाई
यी आफ्नै हातहरुले लिप्सने छु बा म
अनि बेरुप भएको यो देशको नक्सामा
कुद्नेछु सुन्दर बुट्टेदार स्केच
आफैं कालिगढ बनेर’
बा सोध्नुहुन्थ्यो,
‘के गर्छन् नि मरेका मनहरुलाई,
उठ्नै नसक्ने गरी ढलेका घाइते सपनाहरुलाई ?’
ऊ निश्चिन्त बोलिदिन्थी
‘आफैं निलेर कालकुट विषको पोखरी
बा, म व्युँताउछु सबैसबैलाई
हिउँले भरिएको एक टुक्रा जमिन
गुराँस फुल्ने एक चौथाई माटो
अनि धान फल्ने एक धुर जमिन’
कुदेर जान्थि र ल्याउथि एक टुक्रा कागज
कोरिदिन्थि समृद्ध नेपालको नक्सा
नक्साभित्र चम्किरहेका हुन्थे
स्वयम्भूका दुई चम्किला आँखा
आज ठ्याक्कै चार वर्ष भएछ
बाले किनिदिनुभएको हात्तीछाप चप्पल
र आमाले ल्याइदिनुभएको रातो रिबन लगाएर
बाकै फुर्के झोला भिरेर
ऊ तयार थिई देशका खातिर लड्न
हिँड्ने बेलामा खुवाइदिनु भयो आमाले
आफ्नै घरको माली गाइको दही
अनि युद्धमा हिँडेकी छोरीको चेहरामा
खोइ केके पढ्दै सिउरिदिनुभएको थियो
एउटा सानो हँसिया
उनको पटुकीमा
बोकेर चन्द्र सूर्य अङ्कित झण्डा
हिडे कुना कन्दरा
काटे छाँगा छहरा
हिमालको चिसो हिउँसँग
तराइको तातो रापसँग
हाँसीहाँसी डटिरहे
चुम्नुछ सुमेरु पर्वत भनि
र राखे पाइला तरवारको धारमाथि
भत्काइदियो आज तातो गोलीले
उसको छातीलाई
तर भत्काउँन सकेको छैन
उनको आत्मविश्वासको पर्खाललाई
छट्पटिदै ढले पनि उनको शरीर
ढलेको छैन उनको सपनाको धरोहर
पछारिएको छैन उनले बोकेका चन्द्र सूर्य अङ्कित झण्डा
उनले हारेकी छैनन्
देशले हारेको छैन
अवश्य अङ्कुराउनेछ एउटा शान्तिको बीज
उनकै रगत पोखिएको माटोमा
स्वतन्त्रताको वतास चल्नेछ
उनले नै हिँडेको बाटोमा
एकपटक फेरि छट्पटिँदै जीवन र मृत्युको दोसाँधमा
सम्झिँदै तिम्रो गुलाब फुल्ने मुस्कान
आमा, तिम्री बहादुर छोरीले फेरिदिइन् अन्तिम सास
तिम्रै नाममा
चढाइदिइन् बलिदान उनकै रगतको
देश, आज तिम्रै नाममा
सहिद बनेको छ शरीर
उही पुरानो झोला खोल्यो भने कसैले
भेटिनेछ एक जोर हात्तीछाप चप्पल
र एक जोर रातो रिबन
अनि स्वयम्भुका आँखा चम्किरहेको देशको नक्सा
अलि पर देख्नेछौ
रगत लत्पतिएको एउटा सानो हँसिया ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार