
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयमा ‘स्टिम क्लब’मार्फत सहकर्मीमा आधारित शिक्षण गराइने भएको छ। यसका लागि नगरपालिका, किङ्स कलेज र कारखानाबीच त्रिपक्षीय सम्झौता गरिएको जनाइएको छ।
सामुदायिक विद्यालयमा विज्ञानप्रविधि, इञ्जिनियरिङ, कला र गणित विषयमा सहकर्मीमा आधारित शिक्षण ‘मोडेल’अनुसार शैक्षिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
विद्यार्थीमा विज्ञान–प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधिरित सिकाइलाई बढावा दिन र विद्यार्थीले स्थानीय समस्या पहिचान गरी विज्ञान तथा प्रविधिका माध्यमबाट समाधान गर्न अग्रसर गराउने उद्देश्यले त्रिपक्षीय सम्झौता गरिएको नगरप्रमुख महेश खरेलले बताए ।
नगरप्रमुख खरेल, कलेजका अध्यक्ष नरोत्तम अर्याल र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमबीच शिक्षण सिकाइसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सम्झौता गरिएको छ । विज्ञान–प्रविधि, इञ्जिनियरिङ, कला र गणितको ‘सर्टकट’ नाम स्टिम क्लब हो । ‘यो विधिमा शिक्षक नभए पनि विद्यार्थीका एक अर्का क्लब मिलेर अध्ययन गर्नेछन्’, खरेलले भने ।
उनका अनुसार विद्यार्थीले अन्यलाई सिकाउन मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने उद्देश्यले सम्झौता भएको उक्त कार्यक्रम प्रारम्भिक चरणमा नगरका पाँच विद्यालयमा सञ्चालन गरिनेछ ।
पहिलो चरणमा आजाद माध्यमिक विद्यालय बालुवा, पलाञ्चोक भगवती मावि, श्रीराम मावि कोशीदेखा, महाङ्काल मावि बेला र एक शिक्षण केन्द्र नगर कार्यालयमा स्थापना गरी सञ्चालन हुनेछ । पाँचखालमा ३८ विद्यालयमध्ये उच्च मावि सात, मावि छ, आधारभूत पाँच र २० प्रावि छन् ।
तोकिएका स्थानमा विद्यालयबाट १५ देखि २० विद्यार्थीको समूहबाट ‘कारखाना’ क्लब स्थापना हुनेछ । क्लबका सदस्य कारखानाबाट सञ्चालित शिक्षणमा सहभागी भई स्रोतसाधनको प्रयोगका माध्यमबाट स्टिम क्लब सञ्चालन गर्न सक्षम बन्नेछन् ।
साथै क्लबका सदस्यले विभिन्न विद्यालयका विद्यार्थीका लागि स्टिम मेलासम्बन्धी कार्यक्रम तथा डिजाइनमा प्रतिस्पर्धा गर्नेछन् । स्टिम क्लबले सहकर्मीमा आधारित शिक्षण मोडेल पालना गर्नुपर्नेछ ।
सहकर्मीमा आधारित शिक्षणका स्थान गैर–पदानु क्रमिक शिक्षा दृष्टिकोण भएकाले जहाँ विद्यार्थी आफ्नो र क्लबका साथीको शिक्षाका लागि जिम्मेवार बन्नुपर्ने हुन्छ । अर्यालयका अनुसार एक शिक्षकको अनुस्थितिमा विद्यार्थीले शैक्षिक लक्ष्य प्राप्ति गर्नका लागि एकअर्कासँग अन्तक्र्रिया गर्न सक्नेछन् ।
‘यस शिक्षण विधिले विद्यार्थीमा औपचारिक निर्देशन र आँकलनको अभावमा पनि आफ्नै शिक्षामा उत्तरदायी रहन प्रोत्साहन गर्दछ’, अर्यालले भने । उनका अनुसार यस मोडलबाट सार्वजनिक विद्यालयका विद्यार्थीले निकै राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।
यसविधिले विद्यार्थीले अरुलाई सिक्न मद्दत गरी आफ्नै शिक्षालाई सुदृढ पार्ने कारखानाका अधिकृत गौतमले बताए । उनले भने, ‘विद्यार्थीलाई कुनै विषयमा साथीसँग छलफल गर्न अधिक सहज र खुल्ला लाग्छ, समस्यालाई सामान्य रुपमा हल गर्न आफैं सक्षम बन्दै जान्छन् ।’
उनका अनुसार विद्यार्थीमा विभिन्न विधिबाट सिकाइ अन्तरको समाधान गर्न अधिकतम् प्रयास हुनेछ भने विद्यार्थीमा सकारात्मक सिकाइ बढ्नेछ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार