
तनहुँ । भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एक महिला, चार पुरुष र एक बालक जिपमा सवार थिए । घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा रहेको उनको भनाइ थियो ।बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।
– रासस
फेसबुक प्रतिक्रिया













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार