
महोत्तरी । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा मास्क प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ। प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो । कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।
प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे । उनले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उपलब्ध गराउने जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार