
ललितपुर । फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएकोे छ। वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्तरूपमा रू ५ लाख ५० हजार बराबरको अक्सिजन, मास्क, सेनिटाइजर, ह्याण्ड वास, साबुन, वेट मेशिन, अक्सिमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिकल मास्क लगायत २३ प्रकारका सामग्री हस्तान्तरण गरेको हो । काउन्सिलको समन्वयमा बेलायतस्थित वल्ड जे वीस रिलिफको सहयोगमा प्राप्त ती सामग्री नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराउने जनाइएको छ ।
यही अगष्ट महिनादेखि सञ्चालन गरिएको सो परियोजना अन्तर्गत नगरपालिका भित्र कोरोनाबाट सताइएका अतिविपन्न, अपागङ्ता भएका, जेष्ठ नागरिक, कोभिड–१९ का कारण रोजगार गुमाएका र सुत्केरी, गर्भवती तथा एकल महिला गरी २२५ जनालाई राहत स्वरूप एक परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग पनि उपलब्ध गराइएको थियो । यसैगरी विभिन्न सार्वजनिक स्थलमा सहयोग कक्ष, माइकिङबाट चेतनामूलक कार्यक्रम प्रसारण, समूहमा छलफल, घरदैलो भ्रमण, खोप कार्यक्रमबारे सूचाना प्रवाहजस्ता कार्य पनि गर्दै आएको काउन्सिलका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार