
चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।
गतवर्ष रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६-७७ भन्दा एक प्रतिशत बढी हो । यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गा रजिष्टे«शनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट रु तीन करोड ९७ लाख २९ हजार सङ्कलन भएको हो ।
त्यस्तै अन्य संस्थागत आन्तरिक अनुदानबाट रु दुई करोड ९१ लाख २६ हजार, घर बहाल करबाट रु दुई करोड ३२ लाख, एकीकृत सम्पत्ती करबाट रु एक करोड ८० लाख ७१ हजार सङ्कलन गरेको नगर प्रमुख चौधरीले बताए ।
यसैगरी अन्य दस्तुरबाट रु एक करोड १३ लाख ५७ हजार, सिफारिस दस्तुरबाट रु ७६ लाख ५० हजार, नक्शापास दस्तुरबाट रु ३३ लाख ६२ हजार, भूमिकर(मालपोतबाट रु १२ लाख ८२ हजार, पर्यटन शुल्कबाट रु एक लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।खैरहनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको थियो ।
जनप्रतिनिधि निर्वाचित भएको वर्ष रु एक करोड मात्र आन्तरिक स्रोतबाट राजस्व सङ्कलन भएको थियो । उद्योग, व्यवसायलाई करको दायरामा ल्याएपछि विस्तारै राजस्व सङ्कलनमा पनि वृिद्ध भएको नगर प्रमुख चौधरीले बताए । उनले भने,“स्थानीय तहलाई आफ्नै आम्दानीबाट खर्च गर्न सक्ने बनाउनुपर्छ ।
अन्य स्रोतबाट कम राजस्व प्राप्त भएमा आफ्नै आम्दानीले खर्च गर्न सकिन्छ ।” राजस्व सङ्कलन वृिद्ध हुनुमा उद्योगी, व्यवसायी, नगरवासी, राजनीतिक दललगायत सबैको सहयोग रहेको उनको भनाइ छ ।











समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार