
बागलुङ । मिर्गौलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ ।
दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो ।
उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम घर्ती मगरले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि भीमबहादुरको परिवारमा अर्थाभाव भएपछि सहयोग अभियान चलाइएको उनको भनाइ छ ।भियानको संयोजनमा जापानमा रहनुभएका झकु मगर, गङ्गा घर्ती मगर, मेलिसियमा रहनुभएका प्रकाश मगर, बहराइनबाट जीवन रोका मगर, थम्मन नाइसा मगर, मिलन मगरलगायतको पहलमा आर्थिक सहयोग जुटाइएको थियो ।सहयोग रकम बुझेपछि भीम बहादुरका आफन्तजनले अभियानप्रति आभार प्रकट गरेका थिए । अर्थाभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर देशविदेशबाट सहयोग जुटाइएको अभियानले जनाएको छ ।
यसअघि ताराखोला–४ का ५५ वर्षीय ओमबहादुर घर्ती मगरको मिर्गौला प्रत्यारोपणका लागि पनि अभियानले रु दुई लाख दुई हजार तीन सय ६० सहयोग गरेको थियो । दाइ ६२ वर्षीय डमप्रसादले मिर्गौला दान गरेपछि गत महिना शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ओमबहादुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यस्तै वडा नंं ३ हिलकी मतिकला छन्त्यालको उपचारका लागि गत फागुनमा रु तीन लाख ६२ हजार ६ सय ५० सहयोग गरिएको अध्यक्ष मगरले बताए। रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि छन्त्याल अहिले पनि उपचाररत हुनुहुन्छ । “अहिलेसम्म तीन जना बिरामीको उपचारका लागि आर्थिक अभियान चलायौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो, “लोक, संंस्कृतिको खोज र प्रवद्र्धनसँगै मानवीय सेवाका क्षेत्रमा पनि अभियान समर्पित छ ।” भीमबहादुरको उपचारका लागि अर्गल खेलकुद विकास मञ्चले पनि आर्थिक अभियान थालेको जनाइएको छ ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार