
सिमकोट।जिल्ला कोभिड व्यवस्था केन्द्र डिसीएमसीले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ ।
सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। उनले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताए ।
जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज गराउने छ। गाउँपालिकाले विद्यालय खुलाउँदा अवस्था हेरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गराउनाका साथै त्यसैअनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गराउनुपर्ने कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक आचार्यले बताए।
ती गाउँपालिकामा १३७ सामुदायिक विद्यालयका साथै केही निजी विद्यालय पनि छन्। यसअघि ताँजाकोट गाउँपालिकाका सबै बिद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई गाउँमा भने कोरोनाको जोखिममा पनि विद्यालयहरु सञ्चालन हुँदै आएका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार