
सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो ।
लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय गरेर मनग्य आम्दानी गर्ने योजना चौपट भएको स्थानीय किसान बाँचबहादुर सुनारले दुःखेसो पोखे ।
सुनारले भने,“सदरमुकाम सिमकोटसँगै जोडिएको वडा हुँदा पनि आफ्ना कुखुरा बचाउन नसकेको हो।” उनका अनुसार मनग्य आम्दानी यही एउटा कुखुरापालन हो तर सोचेको काम पूरा नभएरै कुखुराको खोर रित्तो भएको छ ।
डाँडाफया– चार गाउँमा दुई हप्तादेखि उक्त रोगका कारण २०० बढी कुखुरा मरिसकेका छन्। तीन वर्षदेखि कुखुरापालन व्यवसाय गरेकोमा सबै कुखुरा सोही रोगका कारण मरेपछि कुखुरा फार्म खोल्ने र व्यवसायी गर्ने धोको सपना जस्तै भएको अर्का स्थानीयवासी गौँगोरी सुनारले बताइन् ।
रानीखेत र निमोनियाले गर्दा कुखुरापालनमा समस्या भएको स्थानीय कालीबहादुर सुनारले जानकारी दिइन्। स्थानीयवासीका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र अनि मर्ने गरेका छन् ।
मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशुविकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाको छ। प्रमुख थापाले भने, “डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधिसहित टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ जाने छ । ”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार