
काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबारको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिइन् ।
समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्यप्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ।
समितिको बैठकले संसद् र प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडिजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समितिका सदस्य वामदेव गौतम, दीनानाथ शर्मा, मायाप्रसाद शर्मा र गंगाकुमारी बेल्वासेले विभिन्न समयमा समितिले दिएका निर्देशनको अनुगनमसँगै समितिलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । संविधानसभा सदस्य जनकराज जोशीले ‘दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सांसदको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानूुनी, संरचनागत, व्यवस्थापकीय, आर्थिक र सूचना तथा सञ्चारको चुनौती तथा सीमाका कारण दिगो विकास लक्ष्यले गति लिन नसकेको टिप्पणी गरे।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार