
कर्णाली । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु छोरा खेमराज लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।
प्रहरी निरीक्षक नवीन थापाले भने, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९।३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन् ।”
साबिती बयान पछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो ।
– रासस












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार