
म्याग्दी । बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ । दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् ।
पुछारमा उर्लँदो म्याग्दी नदी, शिरानमा विशाल भिर, गाउँको पश्चिम र पूर्वतर्फ भिरालो जङ्गलबाट झरेका खहरे छहराका कारण दुधेखोलाको बस्ती जोखिममा छ । करिब ४५ घरपरिवारको बसोबास रहेको यो बस्तीलाई उचितरूपमा व्यवस्थापन नगर्ने हो भने ठूलै खतरा निम्तनसक्ने सरोकारवालाको राय रहेको छ ।
आइतबार राति आएको बाढीले स्थानीयवासी दीपा पुनको घर बगाउँदा करिब रु १७ लाख बराबरको क्षति भएको छ । राति आएको बाढीले घरमा क्षति पु¥याउन थालेपछि तीन जना परिवार राति नै घर छाडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ ।
स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृतावस्थामा भेटिएको छ ।भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी बस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी नगरपालिका–३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्तीमगरले बताए । उजका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घरपरिवारको बसोबास छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार